१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका छन् ।
ओमानमा भइरहेको आईसीसी टी-२० ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि भइरहेको खेलमा भुर्तेलले घरेलु टोली ओमानविरुद्ध अर्धशतक बनाएका हुन् ।
उनी नेपालबाट टी-२० मा सर्वाधिक ५ अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । कुशलले एक शतक समेत बनाएका छन् ।
यसअघि पूर्व कप्तान पारस खड्काले टी-२० मा नेपालका लागि १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
भुर्तेलले ४२ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
प्रतिक्रिया 4