+
+

बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:५९

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुटेका छन् । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा छलफल भएपछि एमाले र कांग्रेसका शीर्ष नेताहरु पुन: छलफलमा बसेका हुन् ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् ।

यसअघि बिहीबार दिउँसो संसद भवनमा भएको छलफलमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग मागेका थिए  । त्यतिबेला एमाले अध्यक्ष ओलीले प्रष्ट जवाफ दिएका थिएनन् र अर्को छलफलको समय तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?