+
+

सात महिनामा कर्पोरेट पेको कारोबार ५५ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:५१

१३ फागुन, काठमाडौं । कर्पोरेट पेले सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ ।

हाल ४८ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २ हजार ६ सयभन्दा बढी व्यवसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।

यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी थप गरिएको छ ।

व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक मल्टि अथोराइजेसन तथा मल्टिपल सिग्नेटोरिजको समेत उपयुक्त व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखरुपैयाँसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।

साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको कर्पोरेट पेले जनाएको छ ।

थालनीको छोटो समयमा नै कर्पोरेट पे प्रणालीको बढ्दो लोकप्रियता तथा प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधरमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

एनसीएचएलद्वारा सञ्चालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?