+
+

जसपाको कार्यकारिणी समिति बैठक : १२ एजेण्डा तय

आन्तरिक विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १७:१०

१३ फागुन, काठमाडौं । आन्तरिक विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठकको १२ वठा एजेण्डा तय गरिएको छ । पहिलो एजेण्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच चर्को विवाद छ ।

कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको भट्टराई पक्षले हस्ताक्षर समेत संकलन गरेको छ, तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

कार्यकारिणी समितिको बैठकमा विधान सम्मेलन, संगठनात्मक कार्य लगायतका एजेण्डा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?