१३ फागुन, काठमाडौं। डाँका मुद्दामा ६ वर्ष फरार रहेका एकजना प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ ।
चितवनको खैरहनी नगरपालिका-३ बस्ने कमल श्रेष्ठलाई बिहीबार बुढानीलकण्डबाट पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए ।
उनलाई चितवन जिल्ला अदालतले डाका मुद्दामा दोषी ठहर गर्दै २ लाख ६४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
टोखा नगरपालिका-८ स्थित ग्राण्डी अस्पताल आसपास एरियामा लुकीछिपी बसिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा पठाइएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4