+

डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

२०७८ फागुन  १३ गते २०:४८ २०७८ फागुन १३ गते २०:४८
डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

१३ फागुन, धनगढी । डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ७५ रनको लक्ष्य पछ्याएको विद्या भूषणले १० बल बाकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो ।

विद्या भूषणलाई फाइनलमा पुर्याउन कप्तान शेर मल्ल र वीरेन्द्र नाथले ९६ रनको उत्कृष्ट अविजित साझेदारी गरे । नाथले ४१ बलमा ३ चौका र ७ छक्काको मद्दतले ७३ र मल्लले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५७ रनको विस्फोटक पारी खेले ।

११.२ ओभरमा ७९ रन बनाएर ४ विकेट गुमाएको विद्या भूषणका कप्तान मल्लले १७ औँ ओभरमा २७ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिएका हुन् । १७ औँ ओभरमा विद्या भूषणको पोल्टामा २९ रन आयो । टिमका लागि उसका प्रदीप चन्दे १७ रन बनाए ।

बलिङतर्फ हिमालयनका दीपक बोहरा(जुनियर) ले २ र सन्दीप शाहीले १ विकेट लिए ।यस अघि हिमालयनका लागि लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए ।

दीपक बोहरा (जुनियर) र राहुल भण्डारीले टिमलाई समान २५/२५ रनको योगदान दिए । उसका दीपक बोहरा(सिनियर) ले २३ रन बनाउँदा नारायण जोशीले १७ र रजत तिमिल्सिनाले १५ रन बनाए ।

बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्ल, वीरेन्द्र नाथ र प्रदीप चन्दे समान २/२ तथा अर्जुन साउद र नरेन साउदे १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा शारदा सरस्वति र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोश्रो सेमीफाइनल र फाइनल खेल शनिवारनै सम्पन्न हुनेछ ।धनगढी मेयर लिटल फ्लावर प्रिमियर लगको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।

धनगढी मेयर लिटल विद्या भूषण हिमालयन ह्वाइट हाउस स्कुल ह्वाइट हाउस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय