+
+

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने प्रचण्डको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १०:२८

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् ।

रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.सं.२०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए । रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै युद्ध नरोकिएको बताए । उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?