+
+

पल शाह अभिनित चलचित्रका निर्देशक सुदर्शन थापासँग प्रहरीको सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १५:२४

१४ फागुन, काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल साह अभिनित चलचित्र म यस्तो गीत गाउँछुका निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई सोधपुछका लागि बोलाएको हो । शनिबार उनीसँग सोधपुछ गरेको र त्यसपछि छाडिएको प्रहरी स्रोतको भनाइ छ ।

पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु हाल प्रदर्शन भइरहेको छ । तर पल सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनीविरुद्ध एक नाबालक गायिकाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?