१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल सुरु भएको छ ।
एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा शीर्ष नेताको बैठकअघि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेको साथ खोजेको छ । तर एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता अनुमोदनमा तयार नभएपछि कांग्रेसले एमालेसँगको छलफललाई तीव्रता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4