१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।
शनिबारको छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिएनन् । एमाले महासचिव शंकर पोखरेलले एमसीसी सम्झौता अनुमोदनमा कांग्रेसले आफूहरुको साथ खोजेको बताए ।
तर आफूहरुले एमसीसी सम्झौता सरकारले ल्याएको प्रस्ताव भएकाले पहिले सत्तारुढ गठबन्धनको साझा धारणा आउनुपर्ने आफूहरुले बताएको सञ्चारकर्मीहरुलाई बताए । ‘जसले प्रस्ताव टेबल ग¥यो, उसले पहिले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्यो’ उनले भने ।
प्रतिक्रिया 4