+
+

प्रदेश १ को संसद बैठक ३ महिनापछि आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ९:२८

१५ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आज बस्दैछ ।

राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनले बताए ।

तीन महिनापछि बैठक बसेका कारण दलका नेताहरूले पनि सम्बोधन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?