+
+

चर्चित गीतलाई ‘चाइल्ड भर्सन’मा ल्याउने लहर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १३:१६
‘ओए काजल’ गीतको म्युजिक भिडियोमा मोडलद्वय चक्र बम र गीता ढुंगाना

१५ फागुन, काठमाडौं । पछिल्लो समय यसअघि चर्चित भइसकेका गीतलाई विभिन्न भर्सनमा ल्याउने लहर देखिएको छ । त्यसमा पनि चाइल्ड भर्सन प्राथमिकतामा पर्दै गएको छ ।

विभिन्न प्लेटफर्ममार्फत थुप्रै बालप्रतिभाहरु अगाडि आइरहेका छन् । त्योसँगै उनीहरुको स्वरमा यसअघि चर्चित भइसकेका गीतलाई चाइल्ड भर्सनमा ल्याउने लहर देखिएको हो ।

‘फुटबुट्टे सारी’ बोलको गीत मेल र फिमेल भर्सनमा हिट भएसँगै गत वर्ष यसको चाइल्ड भर्सन सार्वजनिक गरिएको थियो । ‘खुट्टा भए जुत्ता’, ‘बिछोडको करौंतीले’, ‘मेरो बाबा सुपरम्यान’जस्ता थुप्रै गीत ‘चाइल्ड भर्सन’मा सार्वजनिक भइसकेका छन् ।

यतिबेला श्रोता–दर्शकले रुचाएका केही गीत चाइल्ड भर्सनमा आउने तयारीमा छन् । ‘फोटो फिरिममा’बोलको गीत चाइल्ड भर्सनमा सार्वजनिक हुँदैछ ।

बालगायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रेकर्ड भएको गीतको टिजर समेत सार्वजनिक भइसकेको छ । त्यस्तै निकै चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’को चाइल्ड भर्सन पनि छिट्टै सार्वजनिक हुने भएको छ । यो गीतको चाइल्ड भर्सनमा पनि सुप्रिम मल्लले नै स्वर दिइसकेका छन् ।

त्यस्तै डेढ वर्षअघि सार्वजनिक भएर निकै चर्चित बनेको ‘ओए काजल’ पनि चाइल्ड भर्सनमा सार्वजनिक हुने भएको छ । यो गीतमा चक्र बमको शब्द, संगीत, स्वर एवं अभिनय छ । चाइल्ड भर्सनका लागि भने सुप्रिम मल्ल ठकुरीले स्वर दिइसकेका छन् । छायांकन समेत भइसकेको गीत केही दिनमा सार्वजनिक गर्ने चक्रले जानकारी दिएका छन् । उनले ‘ओए काजल’ गीत फिमेल भर्सन र अन्य विभिन्न भाषामा समेत विस्तारै सुन्न पाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?