+
+

रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १३:४३

१५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताएका छन् ।

‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ’ उनले भने ।

नेता गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने बताए ।

उनले रुस युक्रेन युद्धको सन्दर्भमा नेटो सैनिक संगठन पनि भंग गर्नुपर्ने बताए । ‘हिन्द प्रशान्त सैनिक संगठन खडा गर्न लागिएका काम बन्द गर्नुपर्छ । आफ्नो राष्ट्रको सिमानाभन्दा बाहिर राखिएका फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्छ’ गौतमले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?