१५ फागुन, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको संयुक्त आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा आइतबार प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरु भएको कार्यक्रम उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।
सोमबारसम्म चल्ने अभिमुुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी समेत गरेर साढे पाँच सय जनाको सहभागिता रहेको छ ।
एमालेका केन्द्रीय उपाध्यक्ष पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले प्रशिक्षण दिने एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4