+
+

हामी आफैंले मागेको एमसीसी सम्झौताको बिरोध गर्न मिल्दैन : मिनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १८:०२

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैंले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताएका छन् ।

नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताए । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे ।

उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए ।

‘हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो । अनि हामी बखेडा कसरी निकाल्छौ भने– यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसीए परिचालित हुन्छ ।’ उनले भने, ‘नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ । हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऔं । विआरआईबाट सहायता लिऔं । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऔं । ’

नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झौता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?