+
+

मोटरसाइकलसँग ठोक्किंदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते २२:४९

१५ फागुन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा  ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-१८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेका छन् ।

त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर-१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लागिएको छ ।

त्यस्तै हाइस चालकका भाइ तुलसीपुर-१८ का २४ वर्षीय कमल परियारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते एक जना भने डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?