+
+

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १९:०७

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन  नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो ।

आयोगले १५ चैत अगावै संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरी सक्ने भनेको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भए सरुवा/पदस्थापन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन भएका कर्मचारीलाई स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न सरकारलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु १५ चैत अगावै स्वीकृत पदको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन गरिसक्नुपर्ने आयोगको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?