+
+

युक्रेनका नेपालीलाई सीमा क्षेत्रमा जान सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते २०:३४

१६ फागुन, काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा आउन आग्रह गरेको छ ।

राजधानी किभमा कर्फ्यु खुकुलो पारेको भन्दै जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको छ ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित स्थानमा आउने उपयुक्त मौका रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले केही समस्या परेमा सम्पर्क गर्न दूतावासका अधिकारी र गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको टेलिफोन नम्बरहरु पनि सार्वजनिक गरेको छ ।

हेर्नुहोस् दूतावासको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?