+
+

व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:३१

१७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ’ अध्यक्ष माधवकुमार नेपालले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?