+
+

पोखरामा अञ्जिलाको एकल चित्रकला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:२६

१७ फागुन, काठमाडौं । पोखरामा एकदिने चित्रकला प्रदर्शनी भएको छ । मंगलबार पोखराको वसुन्धरा पार्कमा कलाकार अञ्जिला राउतको एकल चित्रकला प्रदर्शनी भएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा उनले पछिल्लो दुई वर्षमा कोरेका ३६० वटा चित्रहरु राखिएको छ । जुन प्रकृति र त्यहाँको वर्णनमा केन्द्रित छन् ।

कोरोना महामारीका कारण सुरु भएको पहिलो लकडाउनको समयमा घरै बस्दा देखेको प्राकृतिक सुन्दरतालाई चित्रमा उतार्न थालेको राउत बताउँछिन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी राउतले बन्दाबन्दीको समयमा आफूले देखेको पुतली, फूल, जुन, तारा घाम जस्ता प्राकृतिक विषयमा कोरेको चित्र नै अहिले प्रदर्शनीमा राखिएको बताइन् ।

पोखराको द यात्रा होटलमा गेस्ट रिलेसन अफिसरको काम गर्दैगर्दा चारभित्ताभित्र बसेर काम गर्नुभन्दा आफूलाई मनपर्ने कुरा गर्नुपर्छ भनेर सन् २०१६ मा जागिर छाडेको राउत बताउँछिन् । त्यसपछि आफू चित्रकलातिर लागेको र यसैमा भविष्य देखेर नै यो क्षेत्रमा लागेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?