+
+

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलले प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १८:०१

१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित भएको विरोधमा आठ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन र सभा गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको मंगलबार बसेको बैठकले एमसीसी राष्ट्रघाती रहेको भन्दै देशव्‍यापी प्रदर्शन र विरोधसभा गर्ने भएका हुन् ।

आठ दलीय मोर्चाले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेले संसद घेराउको बहानामा सघाएको आरोप पनि लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘…एमसीसी संसदबाट पारित हुँदै गर्दा नेकपा एमालेले त्यसका विरुद्ध संघर्ष गर्नुको सट्टा वेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरी नेपाली जनता र राष्ट्रपति अन्तर्घात गरेको छ। ‘

मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्‍म संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?