+
+

एमसीसीले भन्यो : कार्यक्रम कार्यान्वयनको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:११

१८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ ।

एमीसीको मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदनले यस अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको उल्लेख गरिएको छ ।

एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने एमसीसीले उल्लेख गरेको छ ।

एमसीसी परियोजनाले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने एमसीसी मुख्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?