+
+

साथी पक्राउको विरोधमा राजर्षि जनक विश्‍वविद्यालयका विद्यार्थी आन्दोलित

सहकर्मी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १७:२८

१८ फागुन, जनकपुरधाम । सहकर्मी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आफ्ना साथीहरु रिहाइको माग गरेका छन् ।

परीक्षा स्थगितको विषयमा विश्वविद्यालयका प्रमुख र परीक्षा नियन्त्रकसँग बुधबार कुराकानी गर्न गएका विद्यार्थी उनीहरु नभेटिएपछि नाराबाजीमा उत्रिएका थिए । त्यसै क्रममा चार जना विद्यार्थी पक्राउ परेका थिए ।

‘पटक-पटक परीक्षा किन स्थगित भएको भनेर परीक्षा नियन्त्रक र विश्वविद्यालयका प्रमुखसँग बुझ्न खोज्दा कोही भेटिएन’ बीबीए प्रथम वर्षका विद्यार्थी आनन्दकुमार सहनीले भने, ‘त्‍यसपछि हामीले परीक्षा कहिले हुन्छ भनेर नाराबाजी गर्दा प्रहरी लगाएर चारजना विद्यार्थीलाई पक्राउ गर्न लगाइयो ।’

विश्‍वविद्यालयले सेमेष्टर प्रणाली अनुसार नै परीक्षा हुने भने पनि एक वर्षदेखि परीक्षा नभएकाले आफूहरुको भविष्यसँग खेलबाड गर्न खोजेको सहनीले बताए ।

नाराबाजी गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि अन्य विद्यार्थीले विश्वविद्यालयमा तोडफाेडसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?