१८ फागुन, काठमाडौं ।प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका जापानिज येन मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्रुाउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् ।
सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ ।
पक्राउ परेका उनलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन,ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4