+
+

मण्डला नाटकघर बिहीबारदेखि आफ्नै भवनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:३०

१७ फागुन, काठमाडौं । मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ । राजन खतिवडाद्वारा निर्देशित नाटक ‘रोगन’ मञ्चनसँगै नाटकघर पुनः सञ्चालनमा आउन लागेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गर्दैछन् । नाटक घरसहित क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा उपलब्ध हुने नयाँ भवनमा दुईवटा नाटकघर छन् ।

२०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो ।

नाटकसँगै दर्शकले क्याफेमा आफूलाई मनपर्ने परिकारसहित चिया–कफी पनि पाउनेछन् । विदेशबाट आउनेलाई बस्ने सुविधासहितको आर्ट रेसिडेन्सी सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

यस्तै नयाँ भवनमा ‘आउटडोर पर्फमेन्स’ गर्न मिल्ने सुविधा पनि छ । पहिलो दिन मञ्चन हुने नाटक ‘रोगन’को उपराष्ट्रपति पुनले समेत अवलोकन गर्ने कार्यक्रम छ ।

सन् २००९ देखि अनामनगरमा सञ्चालित मण्डला नाटक घर थापागाउँस्थित आफ्नै भवनमा सर्ने भएपछि नाट्यकर्मी पनि उत्साहित छन् । ‘लोकेसन र सुविधाको लागि हिसाबले निकै सहज हुनेछ,’ मण्डलाका सचिव समेत रहेका अभिनेता विजय बरालले अनलाइनखबरसँग भने ।

बरालसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री सिर्जना सुब्बा लगायतका नाट्यकर्मी नयाँ भवनलाई झकिझकाउ तुल्याउन लागिपरेका छन् । अभिनेता तामाङले मण्डला सहकर्मीसँगै बुधबार जन्मदिन पनि सेलिब्रेसन समेत गरेका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?