+
+

युक्रेनमा झण्डै ५ सय रुसी सैनिक मारिए : मस्को

रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १२:०६

१९ फागुन, काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको जानकारी दिएको छ ।

मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ । त्यस्तै, एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको हो ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका थिए । तर बुधबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले आफ्नो सेनातर्फ ठूलो क्षति भएको भनेर आएको उक्त समाचारलाई ‘दुष्प्रचार’ (डिसइन्फर्मेशन) भनेका छन् ।

‘विशेष सैन्य कारबाही’का क्रममा मारिएका सैनिकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गरिने पनि प्रवक्ता कोनाशेन्कोले बताए । उनका अनुसार रुसी कारबाहीमा दुई हजार ८७० जना युक्रेनी सैनिक मारिएका र तीन हजार ७०० जना घाइते भएका छन् ।

तर यसबारे युक्रेनका अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् भने युक्रेनी सेनातर्फ भएको भनेर रुसले दिएको विवरण हालसम्म पुष्टि हुन सकेको छैन ।

युक्रेनमा रुसको सैन्य कारबाहीमा परी मानवीक्ष क्षति समेत भएको छ । बिहीबार राष्ट्र संघको मानव अधिकार कार्यालयले २२७ जना सर्वसाधारणको ज्यान गएको र ५२५ जना घाइते भएको बताएको छ ।

यता शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले १० लाख युक्रेनीले देश छाडेर छिमेकी मुलुक गएको बताएको छ । अलजजिराबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?