१९ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेकपा एमालेले गरेको संसद अवरोधको निदान यो संविधानले नै दिन नसक्ने बताएका छन् । संसद अवरोध खुलाउन सक्ने कोही देखा नपरेको भन्दै उनले यो विषय राष्ट्रिय चुनौती भएको टिप्पणी गरे ।
‘यो अवरोध राष्ट्रिय चुनौती भइसकेको छ, जुन गैर–लोकतान्त्रिक आचरणको निदान दिन सक्ने स्थितिमा संविधान देखिन्न’ उनले बिहीबार ट्विटरमा लेखेका छन् ।
गत भदौ २३ गतेदेखि लगातार संसदमा वेल घेरेर नाराबाजी गर्दै आएको छ । एमालेको नाराबाजीका बीच सरकारले ल्याएका कतिपय प्रस्ताव संसदबाट अनुमोदन पनि गरिएका छन् । तर जनसरोकारका विषय र विधेयकहरुमाथि संसदमा छलफल भने हुन सकेको छैन ।
माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गरेका थिएनन् । त्यसै कारण आफ्नो पार्टी फुटेको भन्दै एमालेले सभामुख सापकोटाको कदमप्रति असहमति जनाउँदै संसद अवरोध गरिरहेको छ ।
पूर्वसभामुख ढुंगानाले संसद अवरोध हटाउन ‘ओमबडस्म्यान’ सरह अवरोध निरोधक कानून जरुरी भइसकेको टिपणी गरेका छन् ।
प्रतिक्रिया 4