१९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्धसँगै चीनको राजधानी बेइजिङमा यही मार्चमा आयोजना हुने पाराओलम्पिकमा सहभागी हुन नपाउने भएका छन् ।
अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । कमिटीले विज्ञप्ति जारी गर्दै उनले रुस र बेलारुसका खेलाडीले प्रतियोगितामा भाग नलिने बताएको हो । विन्टर पारा ओलम्पिक मार्च ४ देखि १३ सम्म चीनमा हुँदैछ ।
एक विज्ञप्तिमा आईपीसीका अध्यक्ष एन्ड्रयु पार्सन्सले भने, ‘आईपीसीमा हामी खेल र राजनीतिलाई मिसाउनु हुँदैन भन्ने कुरामा दृढ विश्वास गर्दछौ ।’ यद्यपि, आफ्नो आफ्नो कुनै गल्तीविना पनि पर्दा पछाडि धेरै तत्वले यस इभेन्टलाई प्रभाव पारिरहेको उनले बताए ।
यसअघि रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपको प्रशासकीय निकाय युइएफएले रुसका फुटबल क्लब र राष्ट्रिय टोलीलाई सबै प्रतियोगिताबाट निलम्बन गरेका थिए ।
फिफाको यो निर्णयको असर रुसको पुरुष टोलीले अर्को महिना हुने विश्वकपको प्लेअफ खेल खेल्न नपाउने भएको छ । महिला टोलीलाई आगामी महिना हुने समर युरोपियन च्याम्पियनसिपमा पनि प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया 4