+

सुजल श्रेष्ठ पोखराको मार्की प्लेयर, प्रशिक्षकमा नविन न्यौपाने

२०७८ फागुन  १९ गते १८:२४ २०७८ फागुन १९ गते १८:२४
सुजल श्रेष्ठ पोखराको मार्की प्लेयर, प्रशिक्षकमा नविन न्यौपाने

१९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का लागि पोखरा थण्डर्सले राष्ट्रिय टिमका विंगर सुजल श्रेष्ठलाई मार्की प्लेयरमा अनुबन्ध गरेको छ । पोखरा थण्डर्सले बिहीबार सामाजिक सञ्जालमार्फत सुजललाई मार्की प्लेयरमा अनुबन्ध गरेको जनाएको छ ।

पहिलो संस्करणमा पोखराले सुजललाई अक्सनबाट भित्र्याएपनि चोटका कारण उनले एनएसएल खेल्न पाएका थिएनन् ।

यद्यपी उनी पोखराको व्यवस्थापकको भूमिकामा थिए । अघिल्लो सिजन नवयुग श्रेष्ठ पोखराको मार्की प्लेयर थिए । तर यस पटक नवयुगले चोटका कारण शहीद स्मारक ए डिभिजन लिग गुमाए । नवयुग अझै पूर्ण रुपमा फिट भइसकेका छैनन् । त्यसैले पोखराले सुजललाई मार्की प्लेयर बनाएको छ ।

सुजलको कप्तानीमा मछिन्द्र एफसीले गत साता ए डिभिजन लिगको उपाधि जितेको थियो ।

यस्तै पोखराले नविन न्यौपानेला२ मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । न्यौपानेको प्रशिक्षणमा त्रिभुवन आर्मी शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहँदै दोस्रो भएको थियो ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा चैत २६ देखि सुरु हुने एनएसएलका लागि शुक्रबार अक्सन हुँदैछ । अक्सन अघि नै मार्की प्लेअर र प्रशिक्षक नियुक्त गर्नुपर्नेछ । दोस्रो संस्करणमा ३ नयाँ टिमसहित कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अहिलेसम्म झापा एफसीले अन्जन विष्ट, काठमाडदं रेजर्सले विकेश कुथु, धनगढी एफसीले विशाल राई र विराटनगर सिटी एफसीले रन्जित धिमाललाई मार्की प्लेयर घोषणा गरिसकेको छ ।

नविन न्यौपाने सुजल श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय