+
+

राप्रपाको केन्द्रीय समिति २५१ सदस्यीय हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति २५१ सदस्यीय बनाउने भएको छ । यसअघि १९९ सदस्यीय रहेको केन्द्रीय समितिमा ५३ सदस्य थपेर २५१ सदस्यीय बनाउने गरी बिहीबार सकिएको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १८:२०

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति २५१ सदस्यीय बनाउने भएको छ । यसअघि १९९ सदस्यीय रहेको केन्द्रीय समितिमा ५३ सदस्य थपेर २५१ सदस्यीय बनाउने गरी बिहीबार सकिएको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

‘पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै केन्द्रीय कार्य समितिमा २५१ सदस्य नबढ्ने गरी केन्द्रीय कार्य समितिको सदस्य र आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरिएको छ’  बैठकपछि प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले जिल्ला र सबै तहका विवादित वा निष्क्रिय कार्य समितिबारे निर्णय लिन उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा, महामन्त्री राजेन्द्र गुरुङ र केन्द्रीय सदस्य सिर्जना रानी वर्मा सदस्य रहेको समिति गठन गरेको छ । यो समितिलाई आगामी चैत्र ७ गतेभित्र काम सक्ने समयसीमा दिएको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

राप्रपाले रुसले छिमेकी मुलुक युक्रेनमा गरेको आक्रमणको पनि निन्दा गरेको छ । त्यस्तै राष्ट्रिय मान्यता नपाएको दललाई स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्न प्रयोग गर्नबाट वञ्चित गर्न लागेको भन्दै राप्रपाले विरोध जनाएको छ ।

‘निर्वाचन आयोगले दल दर्ता गर्ने, दललाई निर्वाचन चिन्ह प्रदान गर्ने, आयोग आफैंले प्रदान गरेको चिन्ह प्रयोग गरेर पटकपटकका निर्वाचनमा सहभागी भइसकेको दललाई स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिन्ह प्रयोग गर्नबाट वञ्चित गर्ने, ६ वटा दललाई मात्रै निर्वाचन चिन्ह दिने व्यवस्था सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक छ’  श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

निर्वाचन चिन्ह पाउनुपर्ने अधिकारको रक्षाका लागि आयोगमा ज्ञापनपत्र दिने र जनसंघर्ष गर्ने निर्णय गरेको उनले बताए । स्थानीय निर्वाचन तयारीका लागि राप्रपाले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई १६५ वटै निर्वाचन क्षेत्र, सबै स्थानीय तह र वडासम्म स्थानीय तहसम्म खटाउने निर्णय गरेको छ । यसका लागि एक हप्ताभित्र जिम्मेवारी तोक्ने राप्रपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?