
काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी)लाई ३-१ ले पराजित गरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा खुमलटारका लागि दिवस छन्त्यालले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा विपिन थापा मगरले गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे ।
आरसिटीका अनुप गुरुङले ८७औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा पर्काउने प्रयास गरेपनि ढिला भइसकेको थियो ।
इन्जुरी टाइममा नवराज गुरुङले गोल गरेपछि खुमलटारलाई ३-१ ले विजयी भयो ।
बिहीबारै भएको अर्को खेलमा श्री कुमारी क्लब र नयाँबस्ती युथ क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4