+
+

सर्वोच्चमा आजदेखि संवैधानिक इजलास

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ९:४५

२० फागुन, काठमाडौं । लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँदैछ ।

कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।

सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर संविधानमा नै प्रधानन्यायाधीशले न्यायपरिषदको सिफारिसमा अरु न्यायाधीश तोक्ने भन्ने व्यवस्था भएकाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशको टुंगो लगाउन गोला प्रक्रियामा जानु पर्दैन ।

यसअघि नै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनसँगको प्रतिवद्धताका क्रममा बरिष्ठताक्रम अनुसार संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?