+
+

कांग्रेस बाँकेको सभापतिमा कसैको बहुमत आएन, आज फेरि मतदान हुने

संस्थापन पक्षका दुई उम्मेदवारलाई मिल्न देउवाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १०:१६

२० फागुन, बुटवल । नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ ।

बिहीबार भएको जिल्ला अधिवेशनमा तीन जना सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तीनजना मध्ये बढी मत ल्याउने नारायणप्रसाद गौडेल र बादशाह कुमीबीच आज (शुक्रबार) पुनः मतदान हुने नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

अधिवेशनमा १४४५ मत खसेकामा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ मत पाएका थिए । १४९३ मतदाता रहेकामा २४ मत बदर भएको थियो ।

गौडेल पार्टी नेता शेखर कोइराला पक्षका हुन् भने कुर्मी र हमाल पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । हमाल प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीसमेत छन् ।

दोस्रो चरणको मतदानमा कुर्मीलाई समर्थन गरेर जिताउन हमाललाई पार्टी सभापति एवं प्रधानमन्त्री देउवाबाटै स्पष्ट निर्देशन आएको कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताए ।

संस्थापन पक्षका दुई उम्मेदवारहरूबीच सहमतिको प्रयास भइरहेकाले १० बजेपछि जिल्ला सभापतिको लागि पुनः मतदान हुने बाल्मिकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?