२० फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।
अनलाइनखबरमा बिहीबार प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको समाचारमा ट्वीटरमार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् ।
अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।
यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।
प्रतिक्रिया 4