+
+

कमिसनका लागि इन्धन आपूर्तिमा अवरोध, सरकार मौन

देशैभर अवरोध,

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ फागुन २० गते २२:११
फाइल फोटो

२० फागुन, काठमाडौं । कमिसन नबढाएको भन्दै पेट्रोल पम्प व्यवसायीहरुले देशैभर अत्यवश्यक सेवाको सूचीमा राखिएको  पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गरेका छन्। नेपाल पेट्रोलियम व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा देशैभर डिजेल, पेट्रोल, मटितेल लगायतका अत्यवश्यक सेवाको आपूर्ति ठप्प भएको नेपाल आयल निगमले जनाएको छ ।

व्यवसायीको अवरोधका कारण निगमको चारआली झापा, विराटनगर र धनगढी डिपोबाट पम्पहरुले शुक्रबार राति ७ बजेसम्म इन्धन खरिद नगरेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र दाङमा पनि निगमको डिपोबाट निकै थोरै मात्रै पेट्रोलियम पदार्थ बिक्री भएको उनले बताए । बेलुकी ७ बजेसम्म काठमाडौंको थानकोटबाहेकका अन्य कुनै पनि डिपोबाट नियमित उठ्ने बराबरको इन्धन विक्री भएको छैन,’ प्रवक्ता उपाध्ययले भने ।

काठमाडौंमा भने ८ हजार लिटर पेट्रोल र ९ हजार लिटर डिजेल विक्री भएको छ । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धन बिक्रीमा व्यवसायीले पाउने कमिशन कटौती गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

आपूर्ति व्यवस्था सुचारु गराउन शुक्रबार दिनभर मन्त्रालयमा बैठक भएपनि निष्कर्ष ननिस्किएको निगमले जनाएको छ ।

शुक्रबार रातिसम्म निगमका तीन वटा डिपोबाट इन्धन बिक्री ठप्प छ । काठमाडौंको थानकोट साँझपखबाट नियमित जस्तै इन्धन बिक्री भए पनि अन्य सबै डिपोबाट हुने इन्धनको निकै थोरै बिक्री भएको निगमले जनाएको छ ।

डिपो नियमित बिक्री शुक्रबारको बिक्री
पेट्रोल डिजेल पेट्रोल डिजेल
थानकोट ८०० १०० १३०० १४५०
अमलेखगन्ज ४०० २२०० ६४० ३०००
पोखरा २०० ४०० २० ४०
चारआली १०० २००
धनगढी १६० ५०० २० २४०
भैरहवा २२० ६०० २० ८०
विराटनगर २४० ५४०
नेपालगन्ज ११९ ५७३ ११९ ५७३
सुर्खेत २० १८० २० १८०
जनकपुर ८० १००
वीरगन्ज ४० २६० ६० २७६
दाङ २० ८० ६०
दीपायल १० ४० ४०

स्रोतः नेपाल आयल निगम

कमिसन विवाद

नेपाल आयल निगमको बिहीबार बसेको बोर्ड बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसनको  वृद्धि रोक्ने निर्णय गरेको थियो । निगमले लामो समयदेखि दिंदै आएको यस्तो कमिसनको संरचना मूल्य बढेसँगै धेरै हुादै जाने भएकाले कटौती गरिएको निगमको दाबी छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाा हुादा प्रतिलिटरमा यस्तो शीर्षकमा पम्प सञ्चालकलाई ५ रुपैयाँ ७१ पैसा कमिसन जाने गरेको थियो । प्रतिशतमा बढ्ने यस्तो कमिसन बिहीबारको मूल्यवृद्धिपछि लिटरमा १४ पैसा थप व्यसायीलाई जानु पर्ने थियो ।

तर, निगम सञ्चालक समिति बैठकले निरन्तर मूल्य बढेका कारण व्यवसायीलाई जाने कमिसन बढेको र निगम टाट फर्किएको भन्दै यस्तो कमिसन कटौटी गर्ने निर्णय गरेको गर्‍यो । यस्तो बिक्रीबाट जाने पेट्रोलमा ३८ लाख र डिजेलमा ६३ लाख जोगिने निगमको दाबी छ ।

निगमको दैनिक पेट्रोलको बिक्री २२ सय किलोलिटर र डिजेलको ४५ सय किलोलिटर छ ।  ‘डिजेल, पेट्रोल, मटितेल र ग्याँसमा हुने यस्तो कमिशन फागुन ७ को मूल्यसम्म लागू हुने तर अब बढ्ने मूल्यमा लागू नहुने गरी निर्णय भएको हो, मूल्य घट्दा यस्तो कमिसन पनि घट्दै जान्थ्यो’ प्रवक्ता विनितमणि उपाध्ययाले भने ।

निगमसँग भएको विक्रेता नियमावली विपरीत बोर्ड बैठकले कमिसन काटिदिएपछि रुष्ट बनेका व्यवसायीको शुक्रबार दिनभर आपूर्ति ठप्प बनाएका थिए ।

निगमको आँखा लाग्यो : व्यवसायी 

अत्यश्यक सेवा अवरुद्ध पार्न निगमले आफूहरुलाई बाध्य बनाएको व्यवसायीहरुको आरोप छ । निगम र व्यवसायी बीचमा सैद्धान्तिक रुपमा भएको सहमतिलाई अहिले भाँड्ने काम भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले दाबी गरे ।

‘आज आमीले सांकेतिक रुपमा विरोध जनाएका हौ । इन्धन त उठाउँछौं । १५ दिनसम्मको अल्टिमेटममा समस्या समाधान नभए कडा आन्दोलन गर्छौं,’ अध्यक्ष प्रधानले अनलाइनखबरसँग भने ।

व्यवसायीले २०४७ सालदेखि पाइरहेको सुविधामा निगमले आँखा लगाएको उनको दाबी छ । निगमको कदमप्रति विरोध जनाउन सबै प्रकारका इन्धन व्यवसायीहरु  संगठित भएको प्रधानको भनाइ छ ।

अत्यावश्यक सेवा रोक्नेसँग वार्ता 

नेपाल राजपत्रमा २०७६ असोज २७ गते प्रकाशित सूचनाअनुसार खाना पकाउने ग्याससहितका सबै प्रकारका इन्धनको ढुवानी अत्यवश्यक सेवामा समावेश गरिएको छ । कुनै पनि अवस्थामा हड्ताल गर्न निषेध गरिएको भनी कानुनले परिभाषित गरेको सेवा व्यवसायीले रोके पनि सरकारले भने कारवाहीको कुनै कदम चालेन ।

शुक्रबार दिनभर इन्धनको खरिद रोकेर आपूर्ति बिथोल्न लागि परेका व्यवसायीसँग दिनभर निगमको तालुक निकाय उद्योग वाणिज्य तथ आपूर्ति मन्त्रालयले वार्ता गरेको थियो ।

अत्यवश्यक सेवाको आपूर्ति व्यवस्था रोक्नेलाई कानुनी कारवाही गर्नुको सट्टा माग पुरा गर्ने आश्वासन दिएको मन्त्रालयले यसबारे भने प्रतिक्रिया जनाउन चाहेन ।मन्त्रालयका प्रवक्ता डा.नारयण प्रसाद रेग्मीले वार्ताबारे आफूलाई जानकारी नभएको बताए ।

गृह मन्त्रालयका प्रवक्ता पोख्रेलले भने अत्यवश्यक सेवामा कुनै हालतमा अवरोध गर्न नपाइने बताउँछन् । ‘कानुनले निषेध गरेको सेवा अवरोध गर्न कसैलाई छुट छैन, यो विषयमा बुझ्ने प्रयास गर्छौं’ प्रवक्ता फणिन्द्रमणि पोख्रेलले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?