+
+

तिलोत्तमामा सामुदायिक स्केट पार्क सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १७:०३

२० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित सामुदायिक स्केट पार्क सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका–४ को तिनाउ नदी उकास १० कठ्ठा क्षेत्रफलमा करिब ४० लाख रुपैयाँ लागतमा सामुदायिक स्केट पार्क बनेको हो ।

पार्कको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, स्टेक एड इन्टरनेसनलका संस्थापक अध्यक्ष प्रोफेसर टिट्स डिटम्यान र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार उद्घाटन गरे ।

स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुल्ला भएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । स्केट एड नेपालले पहिलो चरणमा स्केट पार्क सञ्चालनमा ल्याएको हो ।

दोस्रो चरणमा छात्रावास, कार्यालय भवन, हरियाली उद्यानसहित साढे २ करोड रुपैयाँ लागतमा इन्डोर पूर्वाधारहरु बनाइने छ । पार्क उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले स्केट खेलप्रति नयां पुस्ताको आकर्षण रहेको र यो खेलले पर्यटन प्रवर्द्धनसमेत गर्नसक्ने बताए ।

दक्षिण एशियामै पहिलो सामुदायिक स्केट पार्क निर्माण हुनुु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय बनेको शेरचनले बताए ।

लुम्बिनी प्रदेशका पूूर्वमन्त्री एवं प्रदेशसभा सदस्य लिला गिरीले स्केट पार्क निर्माणले तिलोत्तमा नयाँ खेलको विकास भएको भन्दै थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।

स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले स्केट पार्कले नेपाली बालबालिका र युवाहरुलाई आकर्षित गर्न सफल हुने बताए । उनले स्केट बोर्ड आफैंमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरुले लाभ लिने विश्वास गरे ।

स्केट पार्कको पहिलो चरणको काममा फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेवक रुपमा काम गरेका थिए । हाल नेपालमा २ सय बढी स्केट बोर्ड खेलाडी छन् ।

यो खेलमा नेपालले दक्षिण एशियामै आफूलाई अब्बल सावित गर्दै उपाधि जित्दै आएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?