२२ फागुन, दाङ । नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुन: बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएका छन् ।
केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने तयारी गरिएको थियो । तर पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4