+
+

थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १६:३९

२२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ४६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ भने ९ लाख ५९ हजार ९३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?