
२२ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुर्याएको छ । आगो निभाउन तनहुँकै ब्यास नगरपालिका, पोखराका दुई वटा र लमजुङबाट समेत दमकल बोलाइएको थियो । आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग गरिएको थियो ।
आगलागीबाट भएको क्षतिको विववरण भने संकलन भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
थप तस्वीरहरू
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4