+
+

विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यहरू बर्खास्त, पदपूर्ति प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ११:२७

८ फागुन, काडमाडौं । सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष डिबी सिंह, सदस्यहरु रामेशश्वरप्रसाद कलवार र भागिरथी ज्ञवालीलाई बर्खास्त गरेको छ ।
अधिकार बमोजिम काम, कर्तव्य पूरा गर्न नसकेको भन्दै अध्यक्ष र सदस्यहरुलाई बर्खास्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव पास भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदमार्फत ८ पुस, २०७८ छानविन समिति बनाएपछि उनीहरू स्वतः निलम्बनमा परेका थिए । छानबिन समितिले सम्बन्धमा छानबिन गरी उनीहरुलाई हटाउन सकिने अवस्था रहेको रायसहितको प्रतिवेदन बुझाएको थियो ।

सरकारले उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा बनेको बुँदागत रुपमा अध्यक्ष र सदस्यहरुले के-के काम पदीय भूमिका निभाएनन् भन्ने उल्लेख गरेर प्रतिवेदन बुझाएको थियो ।

अध्यक्ष सिंहसहित सदस्यहरु पनि मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त भएलगत्तै मन्त्रालयले सोमबार सार्वजननिक सूचनामार्फत पदपूर्तिको प्रक्रिया थालेको छ ।
मन्त्रालयले बनाएको समितिले अध्यक्षसहित तीन सदस्य (एक महिला)का लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका व्यक्तिहरुले समितिसमक्ष आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?