+
+

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १५:४४

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ ।

वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको बैंकले जनाएको छ ।

बैंकले सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकहरुलाई बंैकिङ सुबिधा प्रदान गर्दैआइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?