२३ फागुन, काठमाडौं । बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौंले इन्टरनेशनल एमबिए (आइएमबिए) कोर्ष सुरु गरेको छ । यही वर्षदेखि सुरु हुने पढाइको पहिलो ब्याचमा १२६ जना विद्यार्थी अध्ययन गर्नेछन् ।
दुईवर्षे यो कोर्ष पूर्ण रुपमा प्रयोगात्मक र व्यवहारिक सिकाइमा आधारित हुनेछ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तरक्रिया छलफल र प्रयोगात्मक अभ्याससँगै विभिन्न संघ संस्थामा गएर कामको अनुभव साटासाट गर्न पाउने कलेजले जनाएको छ ।
उल्भरह्याम्टन विश्वविद्यालयले हेराल्ड कलेज काठमाडौंमा सो कोर्षको पढाइ सुरु गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । विश्वविद्यालयका अधिकारीले भने,‘नेपाली विद्यार्थीका लागि यो विषय नेपालमै बसेर अन्तराष्ट्रिय स्तरको अध्ययन गर्ने अवसर हो । आइएनजी ग्रुपले लामो समयदेखि बेलायतको विश्वविद्यालबाट सम्बन्धन प्राप्त विभिन्न कोर्षहरू नेपालमा प्रदान गरिरहेको छ । यसले बेलायत र नेपालबीचको शैक्षिक र प्राज्ञिक सम्बन्धमा थप मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गर्दछ ।’
सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भरह्याम्टन विश्वविद्यालयले नेपालको गुणस्तरीय शिक्षाको अपेक्षासहित सन् २०१६ मा हेराल्ड कलेज काठमाडौलाई सम्बन्धन दिएको थियो ।
प्रतिक्रिया 4