+
+

कांग्रेसले चुनाव प्रचारका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १७:२०

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।

सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने नेताहरुको सूची तयार गर्ने काम भइरहेको महामन्त्री शर्माले बताए ।

कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई संगठन विस्तारसँग पनि जोडिने महामन्त्री शर्माले बताए ।

अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?