+
+

१० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:०३

२३ फागुन, काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ ।

हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए ।

‘५ जिल्लामा पहिला चलाएको औषधिले पनि रोग निवारण नभएको देखियो,’ डा. दासले अनलाइनखबरसँग भने,’ अहिले अर्को थप औषधि दिने लागेका हौं ।’ उनका अनुसार यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।

डा. दासका अनुसार ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । । ‘यी जिल्लामा यसभन्दा अगाडि डाइथाइलकार्बामाजिन प्रयोग गरिएको थियो । तर, रोग निवारण हुन सकेन त्यसकारण हामीले यसपटक आइभरमेक्टिन औषधि थप गरिएका छौं,’ डा. दासले भने ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ ।

१० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ । औषधि सेवन कार्यक्रममा ४ हजार ७ सय र ८ हजार ८०० महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?