२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानबाट शाही ७७९ सहित विजयी भएका हुन् ।
संस्थापन पक्षका शाहीले भरतकुमार स्वारलाई हराएका हुन् । पराजित स्वारले ७११ मत ल्याए । कुल खसेको १४९७ मत मध्ये ७ मत बदर भएको थियो।
शनिबार भएको अधिवेशनमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सोमबार पुन: मतदान भएको थियो .
सभापतिका तीन उम्मेदवार शाह, स्वार र राजन कुँवरबीच शनिबार भएको मतदानबाट कुँवर सबैभन्दा कम मत पाएर बाहिरिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4