+

तरबार चलाउने खेलाडी ११ वर्षीया प्रतीक्षा

२०७८ फागुन  २४ गते १३:०३ २०७८ फागुन २४ गते १३:०३
तरबार चलाउने खेलाडी ११ वर्षीया प्रतीक्षा

२४ फागुन, काठमाडौं । पोखराकी प्रतिक्षा राना ११ वर्ष मात्र भइन् । उनी अहिले कक्षा ५ मा अध्ययनरत छिन् । तर, खेलप्रतिको उनको रुची लगाव र मिहिनेतले भने उनी अनुभवी खेलाडीजस्तै देखिन्छिन् ।

काठमाडौंमा सोमबार सम्पन्न वीर गणेशमान फेन्सिङ प्रतियोगिताको सबैभन्दा कान्छि खेलाडी बनेकी उनले अनुभवी र सिनियर खेलाडीविरुद्ध २ खेल समेत जितिन् ।

जम्मा एक महिना मात्र सिकेर पनि उनले देखाएको आत्मबलले सबैलाई प्रभावित पारेको थियो ।

प्रतिक्षाले ८ वर्षको उमेर देखि तेक्वान्दो खेल्दै आएकी छिन् । उनलाई रेखमाया गुरुङले तेक्वान्दो सिकाउँछिन् । उनै रेखमायाको प्रशिक्षणमा प्रतिक्षाले फेन्सिङ पनि सिकिन् ।

‘फेन्सिङको बारेमा धेरैलाई थाहा पनि छैन । तर प्रतिक्षाले भने सानो उमेरै पेन्सिङमा चासो देखाइन् । यसमा उमेरको कुनै हदबन्दी हुँदैन । उसले एक-डेढ महिनामै फेन्सिङ सिकिन् । उनी मिहिनेती पनि छिन् ।’ प्रशिक्षक गुरुङले अनलाइनखबरसंग भनिन् ।

फेन्सिङ तरबार चलाउने खेलको रुपमा चिनिन्छ । तर यसमा सेन्सर राखिएको हुन्छ । त्यसैले यो खेल देखे जस्तो डर लाग्दो नभएको र सुरक्षित रहेको पनि उनले बताइन् ।

प्रतिक्षाले पहिलो पटक नै अन्तर्राष्ट्रिय पदक जितिसकेको खेलाडी विरुद्ध खेल्दा यसले हौसला बढेको र अरुको लागि पनि प्रेरणा हुने गुरुङले बताइन् ।

कान्छि तरबारबाज प्रतिक्षामा भने सिनियर खेलाडीहरुसंग खेल्न पाउँदा उत्साहित बनिन् । ‘सबै जनाले हौसला दिनुभएको छ । यसले अझै सिक्न प्रेरणा मिलेको छ ।’ प्रतिक्षाले अनलाइनखबरसंग भनिन् । ‘सिनियर खेलाडी विरुद्ध जित हात पार्दा झन् खुशी लागेको छ ।’

पढाई र खेललाई संगै अघि बढाइरहेकी प्रतिक्षा दुवैलाई निरन्तर रुपमा लैजाने सोचमा छिन् । उनी तेक्वान्दो र फेन्सिङ दुवै खेल्छिन् । ‘फेन्सिङलाई अली फोकस गर्नेछु । गाह्रो त हुन्छ तर टेक्निक लगायो भने राम्रो हुन्छ ।’

प्रतिक्षाले अब फेन्सिङबाटै अन्तर्राष्ट्रिय व्रतियोगिता खेल्ने पनि सपना देखेकी छिन् । ‘साग, अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्न मन छ ।’

हेर्नुस् तस्वीरहरु

पोखरा
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय