+
+

डीडीसी सुधार अध्ययन प्रतिवेदन कर्मचारीले लुकाएको कृषिमन्त्रीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १६:४६
कृषिमन्त्री महेन्द्रराय यादव/फाइल तस्वीर

२४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी ) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताएका छन् । कृषि पत्रकारहरुको संस्था (अनाज) सँगको भेटमा मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् ।

दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने पनि कर्मचारीले नटेरेको उनको भनाइ छ । ‘डीडीसी डुब्ने अवस्थामा पुगेको छ । यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर अध्ययन गरी प्रतिवेदन पेश गर्न भनेको तीन महिना भयो, कागजात लुकाए कोही आएनन्’ मन्त्री यादवले भने ।

निजी क्षेत्रका अन्य डेरीहरु नाफामै हुँदा पनि सरकारी स्वमित्वको डीडीसी भने किसानको भुक्तानी गर्नसमेत नसक्ने अवस्थामा पुगेको मन्त्री यादवको भनाइ छ । सरकारले नगद दिएर मात्रै डीडीसी चल्ने अवस्था अन्त्य गर्न आफूले चाहेको र त्यसैका लागि अध्ययन गर्न भनिए पनि आफूलाई असहयोग भएको मन्त्री यादवको भनाइ थियो ।

दुग्ध विकास संस्थानको समस्या पहिचान गरेर प्रतिवेदन पेश गर्न बनाइएको समितिका संयोजक सेवा निवृत्त भएका कारण प्रतिवेदन बनाउन केही समय लाग्ने मन्त्रालयका पशुपन्छी सचिव निरु दाहालले बताइन् । डीडीसीसुधार कार्यादलका संयोजक एवम् मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सेवा निवृत्त भएका कारण प्रतिवेदनले पूर्णता नपाएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?