+
+

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १७:२४

२४ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् ।

यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे ।

निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी संस्थापनइतर पक्षका हुन् ।

सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?