+
+

मेयरलाई पार्टी प्रवेश गराउन रंगेली आउँदै ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ९:३९

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?