+
+

प्रष्ट नीति बनाउन सुनचाँदी व्यवसायीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १७:२१

२५ फागुन, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको टोलीले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी यस्तो आग्रह गरेका हुन् ।

सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाउनु पर्ने धारणा राखे ।

प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्पष्टता देखिएको छ । जसकाकारण व्यवसायीहरु बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् ।

यस विषयमा आफुहरुले वषौर्ंदेखि यस बिषयमा आवाज उठाए पनि त्यसको सोम्बोधन हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । भेटका क्रममा महानिर्देशक श्रेष्ठले प्रष्ट नीति नियम आवश्यक पर्ने भन्दै यसले सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्तालाई समेट्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?